Showing posts with label Social. Show all posts
Showing posts with label Social. Show all posts

Monday, September 7, 2020

सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा अतुलनिय सामाजिक सेवा

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण जारी लकडाउनले भोकभोकै पर्न थालेका विपन्न वर्गका नेपाली जनतालाई सरकारले केही राहत उपलव्ध नगराएको अवस्थामा नेपाली जनताहरु नै जागरुक वन्न थालेका छन्। 

यसक्रममा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा भोकभोकै परेका विपन्न वर्गका नेपाली जनतालाई राहत वितरण कार्य भएको हो। काठमाडौंको पशुपतिनाथ परिसरमा कुसुम लामा, रोमन पटेल, विना मगर, डोर्जे शेर्पा, सोनाम छिरिङ, अमन शाहको नेतृत्वमा निःशुल्क भोजन कार्यक्रम भैरहेकोमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले साथ दिएर राहत वितरण गरेका हुन्।

 सोमवार आयोजित कार्यक्रममा २ सय ३३ जनालाई निःशुल्क भोजन गराउने कार्य भएको जानकारी स्वास्थ्यसेवी लामाले भिजन संसार डटकमलाई दिएका छन्। स्वास्थ्यसेवी लामाले हन्ड्रेट ग्रुपको आयोजनामा टुंडिखेलको खुल्ला मञ्चमा आयोजना भैरहेको निःशुल्क भोजन कार्यक्रममा पनि पर्सि बुधवार सहयोग गर्ने भएका छन्। 

यसअघि यो लकडाउन अवधिमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले नमोःबुद्ध नगरपालिकाका ११ वटै वडाका विपन्न वर्गका २ सय ४० परिवारलाई राहत वितरण, सिन्धुपाल्चोकको पहिरो पीडितहरुलाई पनि राहत वितरण गरिसकेका छन्। त्यसैगरेर, स्वयम्भु, बौद्ध र नमोःबुद्ध स्तुपा क्षेत्रमा स्यानिटाइजेरेसन गर्नुको अलावा विभिन्न गुम्बा र स्कुलहरुमा पनि स्यानिटाइजेरेसन गरिएको जानकारी पनि लामाले दिएका छन् । 

नमोःबुद्ध नगरपालिकामा पीपीसेट २० थान, मास्क १ हजार पिस, स्यानिटाइजर ८ लिटर सहयोग वितरण गरेको तथा विभिन्न गुम्बामा रहेका आनी र लामाहरुलाई मास्क वितरण गर्ने कार्य पनि गरेका छन्। समाजसेवी लामालाई यस सामाजिक कार्यमा एलिभेट नेपाल, होप अलाइन्स, होपमेन फेमिली लगायतका संस्थाको सहयोग र साथ रहेको पनि लामाले वताएका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २२ गते सोमवार ।


Sunday, September 6, 2020

मेरो मुस्कान

 मुक्तक–



–रेखा बस्नेत

म त पल पल मरेर बांचेको मान्छे

चोटसंग मित्रता गॉसेको मान्छे

Plz मेरो मुस्कानको डाहा नगर्नुस्

म त आँसु रित्तिए पछि हासेको मान्छे

(उत्तरगया रोड, गोकर्णेश्वर नगरपालिका वडा नंबर ४, गोकर्ण, काठमाडौं, नेपाल।)


     प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।

Saturday, September 5, 2020

मेरो भक्तपुर

 कबिता–

                                        –चन्द मान सुवाल 

            


                     मठ मन्दिरले सजिएको मेरो भक्तपुर शहर 

                    तेतिस करोड देवी–देवताहरूले भरिएको शहर 


                   मन्दिरमा जान हुरुकै हाम्रा मस्तिष्कका इन्द्रियहरु 

                   अगाडि हेरेपनि मन्दिर पछाडि हेरेपनि मन्दिरै मन्दिर 


                  दर्शन गर्न टाढा जानु पदैन मन रोएर एक्लै बस्नु पदैन 

          जहाँ पनि जतापनि हाम्रै वरपर चारैतिर दर्शन गर्न मन्दिरै मन्दिर 


                     बिश्व सामु उभिएको भैरबनाथ र पाँचतले मन्दिर 

                     अझै सुन्दर पचपन्न झ्याल दरबार र च्यासिङ मङ्ग 


                         बिश्वका मानिस दशॅन पाउन होडबाजी गर्छन 

                        भक्तपुर साँचै स्वगॅ हो भनि दुनियाँ सम्झन्छन 


                     यहा दिन महिना तिथिमा अनेक ईश्वरको पूजा हुन्छ 

                          समय बितेको थाहै हुन सधैं आनन्दमा रमाउँछ 


                       कयौ पुस्तादेखि बनाएको मठ मन्दिर र संस्कृति 

                    अझै जिवितै छ ठूलो उत्साह बाजागाजा र नाचगान 


                             मेरो भक्तपुर पूर्खादेखि बलियो शहर 

                   उच्च हिमाल झै शान छ पाँचतले मन्दिर अमर छ  ।



                             (कमलविनायक, भक्तपुर, नेपाल ।)

                 प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।

Tuesday, September 1, 2020

लमजुङको उत्तरीभेग खुदीबेनी स्थित जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण

 


लमजुङ । लमजुङको उत्तरीभेग खुदीबेनी स्थित मर्स्याङ्दीको जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण भएको छ मर्स्याङ्दी गाउंपालिकाको अनुदान सहयोग तथा स्थानीय जनश्रमदानव्दारा नयाँ पुलको निर्माण भएको हो।

लमजुङ बेसीशहरवाट मनाङ जोड्ने बेस क्याम्पको रुपमा रहेको खुदीबेनी स्थित यो पुल विसं.१९९६ सालमा नै निर्माण भएको हो। पछि विसं.२०३० सालतिर मर्स्याङ्दी नदीमा आएको बाढीले वगाएको यो पुल पछि पूर्नरनिर्माण भएपछि जिर्णेव्दार तथा नयाँ निर्माण भएको थिएन।

कोरोना कहर वीच निर्माण भएको यो खुदीको इतिहास वोकेको पुलमा पुरानो बजार हुंदै पैदल यात्रा गर्न सहज भएको छ। नयाँ बजारमा नयाँ पक्की पुल बन्नुअघि खुदीबेनीका स्थानीयहरुको आवत–जावत गर्ने प्रमुख माध्यमको रुपमा रहेको यो पुलले धेरैलाई तारिदिएको छ। धेरैको जिन्दगीलाई उच्च स्थानमा पुर्याइदिएको छ।



कोरोना महामारीका कारण इतिहासमा नरोकिएको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकियो

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको कोरोनाभाइरस (कोभिड–१९) को महामारीपूर्ण संक्रमणको कारण यो बर्षको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकिन पुगेको छ। 

इन्द्रजात्राको इतिहासमा नै पहिलो पल्ट रोकिएको इन्द्रजात्रा रोकिएपनि क्षमापूजा भने हुने भएको छ। गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले इन्द्रजात्रा रोकिएको कारण इन्द्रजात्रासँग सम्बन्धित तलेजु, श्रीभैरव, श्रीगणेश, श्रीकुमारीलगायत मन्दिरमा क्षमा पूजा गरिन लागेको वताएका छन्। इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको जीवित श्रीकुमारी, श्रीभैरव र श्रीगणेशको रथारोहण गरिने परम्परा छ। तर, यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ। 

जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ। विगतका वर्षहरुमा जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्थ्यो भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो। इन्द्रजात्रामा इन्द्रको ऐरावत हात्तिको प्रतिक पुलुकिसी, लाखे नाच लगायत विविध आकर्षण रहेतापनि यो बर्ष सवै स्थगित भएको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।



Monday, August 31, 2020

पूर्व राष्ट्रपति प्रणब मुखर्जीको दुःखद निधन

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार दुःखद निधन भएको छ। झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो। 

भारतीय समाचार माध्यमका अनुसार, मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए। मुखर्जीका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता प्रणव मुखर्जीको निधन भएको पुष्टि गरेका छन्। 

मुखर्जी भारतको १३ औँ राष्ट्रपति हुन। मुखर्जीको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो ।राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए। 

मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । मुखर्जीको श्रीमती सुभ्रा मुखर्जीको भने मुखर्जी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो । 













प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...