Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts

Wednesday, September 2, 2020

ललितपुर महानगरमा अपाङ्गता मैत्री ट्याक्सी (क्याब) चल्ने

 



ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। 

क्याब ल्याउनका लागि ललितपुर महानगरपालिका, स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ। ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर क्याब  समन्वयमा गरेर ल्याउन लागेको हो।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपागंता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको हाललाई एउटा क्याब ल्याउन लागेको बताएका छन्। यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ। ह्वीलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ। ललितपुर महानगरपालिकाका अनुसार यसको संचालन लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्ने छ।

सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ। कहाँ र कसरी संचालन गर्ने कुराको निर्णय स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ। अपाङ्गता मैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्ने सम्झौता पत्रमा उल्लेख छ।

 सम्झौंता पत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नु पर्नेछ। सम्झौता पत्रमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वाबलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमको उपस्थिति थियो।

प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।

Monday, August 31, 2020

पूर्व राष्ट्रपति प्रणब मुखर्जीको दुःखद निधन

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार दुःखद निधन भएको छ। झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो। 

भारतीय समाचार माध्यमका अनुसार, मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए। मुखर्जीका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता प्रणव मुखर्जीको निधन भएको पुष्टि गरेका छन्। 

मुखर्जी भारतको १३ औँ राष्ट्रपति हुन। मुखर्जीको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो ।राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए। 

मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । मुखर्जीको श्रीमती सुभ्रा मुखर्जीको भने मुखर्जी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो । 













प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

काठमाडौं महानगरपालिकाका उच्च मनोबल भएका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि मेयर शाक्य दम्पत्तिले स्वाब दिएका थिए। मेयर शाक्यकी पत्नीलाई भने  कोरोना संक्रमण नदेखिएपनि मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ। कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिरहेका मेयर शाक्यलाई त्यही क्रममा  कोरोना संक्रमण भएको हो।

कोरोना संक्रमण भएपनि आफूमा उच्च मनोबल भएको कारण आफूमा कोरोनाको त्यस्तो लक्षण नदेखिएतापनि सुरक्षित रुपमा होम आइसोलसनमा बसिरहेको वताएका छन्। होम आइसोलेसनमा बसेर निरन्तर समन्वय गर्ने तथा भर्चुअल बैठकहरुवाट काठमाडौं महानगरपालिकाका अत्यावश्यक कार्य गर्ने मेयर शाक्यले भनेका छन्। कोरोना संक्रमित भनेर कसैलाई पनि दुर्व्यवहार नगरौं र कोरोना संक्रमण विरुद्ध आफै सचेत भएर लाग्न पनि अनुरोध तथा आग्रह मेयर शाक्यले गरेका छन्।



प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...