Monday, January 10, 2022
जापानी भाषाको गीत गायनमा नेपालीको आयाम
Saturday, January 8, 2022
च्याङ्बा लामालाई नवौं म्युजिक खबर म्युजिक फोटोग्राफी सम्मान
काठमाडौं। नवौं म्युजिक खबर म्युजिक अवार्डवाट विख्यात फोटोग्राफर च्याङ्बा लामा सम्मानित भएका छन्। फोटोग्राफर लामालाई म्युजिक खवर फोटोग्राफी सम्मान–२०७८ वाट सम्मानित गरिएको हो ।
आयोजक म्युजिक खबर म्युजिक अवार्डका अध्यक्ष सुमन पण्डित फोटोग्राफर लामाको नयाँ बानेश्वर, बुद्धनगर स्थित सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरमा अन द स्पट पुगेर सम्मान गर्ने कार्य भएको हो । केही दिन अघि भएको भव्य अवार्ड कार्यक्रममा फोटोग्राफर कार्य व्यस्तताको कारण पुग्न नसकेको कारण अन द स्पट कार्यस्थलमा नै पुगेर अवार्ड दिने कार्य भएको आयोजक समितिले जनाएको छ।
अन स्पट सम्मान वितरण समारोहमा इन्टरनेशनल नेपाली खेलाडी एवम् विख्यात अभिनेता गौतम खातीको पनि विशेष उपस्थिति थियो । अन द स्पट आफ्नो कार्यकक्षमा नै सम्मान पाउंदा अत्यन्त गौरब लागेको फोटोग्राफर लामाले भिजन संसार डटकमलाई बताएका छन्।
प्रकाशन मिति–२०७८ साल पुस २४ गते शनिवार ।
Friday, January 7, 2022
नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा अव हाम्रो जोडी
काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा विलकुलै नयाँ गीतको भिडियो हाम्रो जोडी निर्माण भएको छ। उस्ताद महर्जनको नविनतम स्वादको गीत हाम्रो जोडीको निर्माण भएको हो ।
विख्यात गायिका अञ्जु पन्त र महेश शिल्पकारको बुलन्द गायन रहेको हाम्रो जोडी बोलको गीतको भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रीको मायाबी अभिनय रहेको छ।
चाँडै नै रिलिज हुने क्रममा रहेको यस गीतको भिडियोको निर्माण क्रियशन हाउसको छ भने, निर्देशन बालकुमार मगरले गरेका छन्। म्युजिक एरेञ्ज, मास्टरिङ तथा मिक्सिङ हरिशरण सायमीको रहेको छ।
प्रकाशन मिति–२०७८ साल पुस २३ गते शुक्रवार ।
Thursday, January 6, 2022
नेपाली उस्ताद कृष्णभक्त महर्जनको नाचन माया नाचन
काठमाडौं। विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ पुस्ताको चाहना बमोजिमको लोक आधुनिक पाराको गीतको भिडियो सार्वजनिक भएको छ। हङकङमा रहेका उस्ताद महर्जनकै सुपुत्री सोनम महर्जनसंग उस्ताद महर्जनको युगल गीत गायनको नयाँ स्वादको भिडियो रिलिज भएको हो।
यस गीतको भिडियोको बोल नै नाचन माया नाचन रहेको छ। हासेर बाँचौ र खुशी भएर बाँचौ सन्देशयुक्त गीतमा बाउ उस्ताद कृष्णभक्त महर्जन र छोरी गायिका सोनम महर्जनको यो पछिल्लो युगल गायन बेजोड नै बनेको छ।
यस गीतको गीतकार तथा संगीतकार स्वयम उस्ताद महर्जन हुन । त्यस्तै एरेञ्जर र मिक्सिङ तथा मास्टरिङ हरिशरण सायमीको रहेको छ। गीतको भिडियोमा फिचरिङ बिज्जु पार्की, कविता नेपाली लगायतको रहेको छ। छायाँकन पवन सुस्लिङले गरेका छन्। निर्देशन सोनम पाख्रिङको रहेको छ।
Sunday, May 9, 2021
Sunday, December 13, 2020
Thursday, December 10, 2020
४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति
काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...
-
काठमाडौं। कोभिड–१९ को महामारीको कारण वितेको दुई बर्षदेखि विश्व आक्रान्त रहेको छ। यो महामारी निश्चित रुपमा अन्त्य हुनेछ । त्यसका लागि विश्वभर...
-
काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...
-
Shweta Khadka, one of the famous actresses of Nepal. She is a movie producer, social activist, and businesswoman. Gorgeous lady is a manag...












