Monday, August 31, 2020

काठमाडौं महानगरपालिकाका उच्च मनोबल भएका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि मेयर शाक्य दम्पत्तिले स्वाब दिएका थिए। मेयर शाक्यकी पत्नीलाई भने  कोरोना संक्रमण नदेखिएपनि मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ। कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिरहेका मेयर शाक्यलाई त्यही क्रममा  कोरोना संक्रमण भएको हो।

कोरोना संक्रमण भएपनि आफूमा उच्च मनोबल भएको कारण आफूमा कोरोनाको त्यस्तो लक्षण नदेखिएतापनि सुरक्षित रुपमा होम आइसोलसनमा बसिरहेको वताएका छन्। होम आइसोलेसनमा बसेर निरन्तर समन्वय गर्ने तथा भर्चुअल बैठकहरुवाट काठमाडौं महानगरपालिकाका अत्यावश्यक कार्य गर्ने मेयर शाक्यले भनेका छन्। कोरोना संक्रमित भनेर कसैलाई पनि दुर्व्यवहार नगरौं र कोरोना संक्रमण विरुद्ध आफै सचेत भएर लाग्न पनि अनुरोध तथा आग्रह मेयर शाक्यले गरेका छन्।



प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...