Friday, September 4, 2020

मेरो सोचका मान्छे

–मनोज आचार्य 

    जो मान्छे हृद्य (मन)मा बस्छन तिन्लाई सम्हालेर (जतन गरेर ) आफ्नो मनमा राख्नु पर्छ। जो मान्छे  हृद्य (मन) बाट टाढा हुन्छन्। त्यस्तासँग संगत गर्नु हुँदैन। बँच्नु पर्दछ । धर्ती (जमिन) मा चिरा पर्यो भने बर्षातको पानीले टालिन्छ । लुगा च्यातियो भने सियो धागोले सियर टालिन्छ। कतै घाऊ लागेर फाटे औषधीले टालिन्छ। 

      तर, मन फाट्यो (चिरा पर्यो, चित्त दुख्यो) भने त्यसको कुनै औषधि,उपचार , सिलाई भराई हुँदो रहेनछ। त्यसैले बस् यति बिचार गर्नु कि, आफ्नो बोलीले अरु कसैको मन नदुखोस् , नफाटोस् , चिरा नपरोस् । बिचार गर्नु पर्छ। यदि दूधले भरिएको गिलासमा माथिबाट अरु दूध थप्यो (हाल्यो) भने पोखिन्छ । तर त्यही दूधमा चिनी हालिदिनुस् त्यो चिनीले आफू अटाँउने ठाउं आफैं बनाँउछ (मिसिन्छ) दूधनै गुलियो, मिठो बनाउंछ।  र चिनीले आफू त्यो दूधको गिलासमा भएको अनुभूती गर्छ (गराँउछ)।

      त्यस्तै राम्रो सोच बिचार भएको भलादमी मान्छेहरुले हरेक मान्छेको हृद्य (मन) मा आफ्नो ठाउं बनाएर बसेका हुन्छन । समय तथा दिन सबैको आउंछ। तर, समय (दिन) आउन केही समय भने अवश्य लाग्छ धैर्य गर्न सक्नु पर्छ । हेर्नुस्– 

जब पोखरी भरिएको हुन्छ। त्यहाँ भएका माछाहरुले फूर्ति लाएर किरा, फट्याङ्ग्रा र कमिलाहरुलाई खान्छन्। जब पोखरीको पानी सुक्छ। त्यहाँ भएका फूर्तिला माछाहरु निर्बल असहाय हुन्छन्। त्यतिखेर तिनै किरा,फट्याङ्ग्रा र कमिलाहरुले ती माछाहरुलाई खान्छन र ती माछाहरुको पनि अन्त्य हुन्छ । 

      त्यसैले मौका सबैले पाउंछन्। दिन (समय) सबैको आउंछ।  त्यसैले आफूले कुनै कुरामा घमण्ड नगर्नु, समय (दिन,दशा) को कुनै भरोसा हुँदैन, बिश्वास हुँदैन । राम्रोलाई नराम्रो (कुरुप) र नराम्रोलाई सुन्दर बनाइदिन्छ । समयले भीक माग्ने (गरीब) लाई राजा र राजालाई सडकमा ल्याइदिन्छ । 

     त्यसकारण समयलाई इज्जत (कद्दर) गर्नुहोस्, चिन्नुहोस् । समयले कोइलालाई हीरा बनाइदिन्छ । समय समयको कुरा हो । कुण्डलीमा शनि, दिमाखमा मनी र जीवनमा दुश्मनी यी तीनवटै चिजहरु हानिकारक (खराब) हुन्छन्। गफ दिएर

बदला लिनुमा के मज्जा ? आफ्नो अगाडिको दुश्मन, प्रतिद्वन्दीलाइनै आफ्नो खुबीले बदलीदिनुहोस् हो । सोच बिचारलाई फेर्न सक्नुनै समझदारी हुन्छ। 

     समझदार मान्छे त्यो होइन जो ईट्टाको जवाफ पत्थरले दिन्छ । समझदार मान्छे त्यो हुन्छ–जसले दुश्मनले हानेका ईट्टा जम्मा पारेर आफ्नो घर बनाओस् । यदि कसैले तपाई हिड्ने बाटोमा काँडा राखेको छ भने त्यो काँडा पन्छाएर हिड्नुस् । तर बदला लिने निहूमा तपाईले पनि काँडा राख्नु भो भने सन्सारमा काँडा शिवाय केही हुँदैन।

     बहस र कुरामा धेरै फरक हुन्छ बहसले यो सिद्ध गर्छ कि को सही छ तर कुराले यो तय गर्छ के ठिक हो कुन कुरा सही हो । अरुको भरमा राजा हुनु भन्दा आफ्नो बलबुत्ताले गरीब नै हुनु कत्ति गुणा राम्रो हुन्छ थोरै भएपनि ईज्जत पाइन्छ। 

    जिन्दगीमा बिर्सेर पनि २ वटा कुराहरु नगर्नुः (१) फटाहा मान्छेसँग संगत प्रेम ।

(२)साँचो,सत्य, राम्रो र ईमान्दार ब्यक्तिहरुसँग मजाक, खेलवाड र जिस्किने काम ।

२५ बर्षको उमेर सम्म हामीलाई कुनै मतलव (वास्ता) हुँदैन कि मानिसहरुले के भन्छन भनेर, ५० बर्षको उमेरमा हामीलाई यो डर हुन्छ कि मानिसहरुले हामीलाई केही भन्छन कि भनेर तर ५० बर्ष पछि थाहा हुन्छ कि मानिसहरुले हाम्रो बारेमा (जिन्दगी) केहि सोचेकै हुँदा रहेनछन ।

      जिन्दगीमा आफ्ना रमाइला क्षणहरु पर्श (थैली) मा गुम्स्याएर (लुकाएर) राखियो फुर्सदमा झिकेर खÞर्च गरौंला (मनाँउला) भनेर सोचिरहन्थें खल्ती च्यातिन्थ्यो सियर टाल्थें (राख्थें) त्यहि खुसीहरु फेरि खोजेर भर्पाई गर्थें कुनै दिन फुर्सद पाए (भए) आफैं रमाईलो गर्छु भनेर । एकदिन बर्षौंदेखि जम्मा गरेर खुशी लुकाएर राखेको पर्श (थैली) हेरें खालि रहेछ झसङग भँए हैन मैले ता कतै खÞर्च गरेको छैन खुशी कतै हराएछ कि, कतै खसेछ कि, खसे जस्तो पनि लाग्दैन कतै खुसी भेट्टाँउछु कि भनि ऐना हेर्न पुगें आफैंलाई चिन्न सकिँन नजिक गएर हेरें कपाल चाँदी जस्तै टल्केको देख्दा को रहेछ म जस्तो मान्छे तर थाहा पाँइन को उभिएछ भनेर । 

      जीवन एकदमै कम्ति (छोटो) छ। बाँचुन्जेल आनन्दले बाचौ । खुशीसाथ बाचौं! सबैको बिषयमा सोचौं,आफ्नो र आफन्तको बिषयमा पनि सोचौं! सँधै हाँसी खुसी रहौं,सँधै हाँसी राख्नु खुसी हुनु कैले आफ्नो लागि त कहिले आफन्तहरुको लागि यही नै हो हाम्रो जिन्दगी ! 

(लेखक मनोज आचार्य ख्यातिप्राप्त नेपाली हांस्य अभिनेता हुनुहुन्छ। हिजोआज अभिनेता आचार्य अमेरिकामा हुनुहुन्छ।–सम्पादक)



प्रकाशन मिति–२०७७ साल भाद्र १९ गते शुक्रवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...