Thursday, September 17, 2020

तीनजना साहसी लेडीहरुको आँधी तुफान २


 काठमाडौं। तीनजना साहसी लेडीहरुको कथामा एक दशक अगाडि निर्माण भएको चलचित्र आँधी तुफानको अर्को सिक्वेल चलचित्रका रुपमा आँधी तुफान २ निर्माण हुने भएको छ।

 युगान्तकारी चलचित्र लेखक मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बन्न लागेको लेडी एक्सन प्रधान चलचित्र आँधी तुफान २ को निर्देशन अग्रज चलचित्र निर्देशक मदन घिमिरले गर्ने भएको छ।

 यस संवन्धमा असोज १ गते विहीवार विश्वकर्मा पूजाको पावन अवसर पारेर निर्माता तथा लेखक श्रेष्ठ र निर्देशक घिमिरे वीच एग्रिमेन्ट भएको छ। संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता तथा लेखक श्रेष्ठले बताएका छन्। 

सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र आँधी तुफान २ को कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर हाल चलचित्रको प्रि प्रोडक्सन काम भइरहेको छ। 

केही दिनमै चलचित्रका कलाकारहरु पनि सार्वजनिक गरिने भएको निर्माता श्रेष्ठले भनेका छन्। युवा लेडीहरुको चाहना र सोच अनुरुपको गजबको चलचित्र वन्ने दावी निर्माता तथा लेखक श्रेष्ठको रहेको छ। 

             प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...