Saturday, September 5, 2020

सतरञ्जका बादशाह गोकुल सुवेदी प्रहरीको घेराबन्दीमा–पावर, पद र पैसाका खेलाडी




काठमाडौं। पावर, पद र पैसामा नै सतरञ्जको खेल हुने गर्दछ। त्यो सतरञ्जको खेलको असली खेलाडी नयाँ नेपाली कथानक चलचित्र सतरञ्जमा गोकुल सुवेदी देखा परेका छन्। हाल पोष्टप्रोडक्सनका सवै काम सकेर प्रदर्शनको तर्खरमा रहेको वेबसिरिज चलचित्रचलचित्र सतरञ्जमा सतरञ्जी खेल्ने गोकुल सुवेदी ट्रेलरमा चोर देखिएका छन्।

 ट्रेलरमा चोर देखिएतापनि गोकुल सुवेदी सतरञ्जका बादशाह नै भएको चलचित्र सतरञ्ज टीमले खुलासा गरेका छन्। सतरञ्जमा बेजोड रोलमा गजबको अभिनय गरेका गोकुल सुवेदी नेपाली चलचित्र उद्योगमा कमेडी आर्टिष्ट अनि भिलेन हुंदै अगाडि बढेका मल्टी–ट्यालेन्टेट कलाकार हुन। 

 

यिनै प्रभावशाली अभिनेता गोकुल सुवेदी अभिनित चलचित्र सतरञ्जको निर्माण तथा निर्देशन नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एन.बी. महर्जनले गरेका छन्। कोरोना कहरको कारण जारी लकडाउन खुलेपश्चात सामान्य स्थिति आउनासाथ रिलिज डेट कुरिरहेको चलचित्र सतरञ्ज व्यावसायिक चलचित्रको नयाँ स्वाद हुने निर्माण पक्षको दावी रहेको छ।

मौनता श्रेष्ठको बुलन्द लेखन रहेको यस चलचित्रमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुका साथमा विशेष भूमिका ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको रहेको छ। 

छायाँकन प्रज्ज्वल राउत र गोकुलले गरेका छन्। फाइट डाइरेक्सन शंकर महर्जनको रहेको छ। सम्पादन सुबाष देवकोटाले गरेका हुन्।

                                  प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...