Thursday, September 3, 2020

अभिनेत्री स्वेता खड्का चलचित्रमा अव आमा बन्ने

काठमाडौं। नेपाली कथानक चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा डेव्यु गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन्।  हाल चलचित्रमा भन्दा बढी समाज–सेवा र आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी अभिनेत्री खड्का यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । हालसम्म नाम चयन नगरिएको थापाको चलचित्रमा अभिनेत्री खड्का आमाको भूमिकामा देखिने भएकी छन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।

 कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने जनाइएको छ। अमर नायक श्रीकृष्ण श्रेष्ठकी जीवन संगीनी अभिनेत्री स्वेता खड्का गंभीर तथा स्वभाविक अभिनयकी माहिर अभिनेत्री हुन्। चलचित्र कहाँ भेटिएलावाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी अभिनेत्री खड्काले त्यसपछि श्रीमान–श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी थिइन्। 

प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...