Friday, October 9, 2020

सपनाश्री र रामकृष्ण श्रेष्ठको सदावहार गीत लालुपाते सार्वजनिक

 




काठमाडौं। लालुपाते फूलझै हांसन लौन माया पिरती गासन–उकाली र ओराली धाउनेले नलाउ माया छोडेर जानेले ! ख्यातिप्राप्त गायिका सपनाश्री तथा चर्चित गायक रामकृष्ण श्रेष्ठको गायन रहेको यो सदावहार गीतको भिडियो सार्वजनिक भएको छ।

 गायक रामकृष्ण श्रेष्ठको व्यक्तिगत आरजे रामकृष्ण श्रेष्ठ च्यानलवाट रिलिज भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर ३२ अनामनगरमा आयोजित कार्यक्रमवीच गायक श्रेष्ठको गुरु बरिष्ठ अभिनेता राजकुमार शाहको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो रिलिज गरिएको हो।
 सिन्धुलीको रातामाटाको मनमोहक सुरम्य ग्रामिण बस्तीमा गजबले मनै लोभ्याउने शैलीको कथानकतामा खिचिएको गीतको भिडियोमा गायक रामकृष्ण श्रेष्ठको गायन प्रस्तुति पनि लोभलाग्दो देखिएको छ। 

नेपाली आमिर खान उपनामले पनि चिनिएका गायक श्रेष्ठको अभिनयको साथमा लिडरोलमा शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। निर्देशन शिबन पोखरेलकै रहेको छ। छायाँकन महेश महराले गरेका हुन। 

प्रकाशन मिति–२०७७ साल असोज ९ गते शुक्रवार ।  

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...