Tuesday, April 26, 2022

Things have changed, emotions have changed

 


Waiting for the flight to Lukla. Trekking to EBC after 9 years. Things have changed, emotions have changed and life has changed drastically! The love for my outdoors, adventures, nature and especially mountains has remained the same. I am not a huge fan of air travel, especially landing. Flying to one of the most breathtakingly beautiful yet riskiest airport in a bit! Thrills of life! This is what I live for. This is what keeps me going! #mountaingirl #everestbasecamp #everest #sagarmatha #mounteverest

This time I am traveling as a liaison officer and a representative of “anugaman samiti”! Proud, honored and excited! ❤️

-Nisha Adhikari
(Actress of Nepal)

Thursday, March 10, 2022

संसार सिर्जना गर्ने महान नारी

 सन्दर्भ ११२ औं अन्तरराष्ट्रिय नारी दिवस

कविता–



–सुनकुमार अवाल

नारी
आहा !
यो शव्द
सुन्दा नै श्रद्धाले निहुरिन्छ– मेरो शिर नतमस्तक !!
नारी जननी मात्र नभइकन
संसार सिर्जना गर्ने
महान हुन् !
घरको कामदेखि
अफिसको काम
सवैमा उत्तिकै सक्षम र सबल
पुरुषभन्दा कुनै हालतमा
कमजोर नभएका
नारी
हामी सवैको श्रद्धा हो
विश्वास हो अनि गौरब हो !
जहाँ नारीको पूजा हुन्छ,
त्यहाँ भगवान पनि खुशी हुन्छ ।
नारीको सम्मान गरौं
नारीलाई सदा पूजा गरौं ।
जय महान नारी !!!

(चाँगुनारायण नगरपालिका वडा नंबर १, दुवाकोट, सरस्वतीखेल, भक्तपुर)

Friday, January 28, 2022

निर्देशक निशान बुढाथोकीको अनुरोध मास्क लगाऔं–कोभिड भगाऔं




काठमाडौं। कोभिड–१९ को महामारीको कारण वितेको दुई बर्षदेखि विश्व आक्रान्त रहेको छ। यो महामारी निश्चित रुपमा अन्त्य हुनेछ । त्यसका लागि विश्वभर यसको विरुद्धको खोप लगाउने र लगाइदिने होडबाजी नै चलिरहेको छ। 

बर्षेनीको कोभिडको नयाँ नयाँ संस्करणको आक्रान्तले आजित भएका विश्वका सवै नागरिकले जहाँ गएपनि र जता गएपनि कोभिड–१९ को खतरावाट मुक्त हुनका लागि सवैभन्दा अति उत्तम उपाय भनेकै मास्कको प्रयोग अनि सोसियल डिस्टान्स मेन्टन गर्नु नै हो । त्यसको अलावा स्वास्थ्य मापदण्डलाई हामी सवैले पालना गर्नु नै हो भनेर नामी साप्ताहिकका निर्देशक तथा महिला शक्ति विकास केन्द्र नेपालका सञ्चार अधिकृत निशान बुढाथोकीको धारणा रहेको छ। 

यतिखेर काठमाडौं उपत्यकाको साँखु स्थित श्रीस्वस्थानीको पवित्रधाम सालीनदी मेला तथा पनौतिको मकर मेला लगायतका धार्मिक पर्यटनमा पुग्दा पनि अनिवार्य रुपमा मास्क लगाउन पनि सञ्चार अधिकृत तथा निर्देशक बुढाथोकीको अनुरोध रहेको छ।






प्रकाशन मिति–२०७८ साल माघ १४ गते शुक्रवार ।

Sunday, January 16, 2022

दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो स्वेटर




ललितपुर । लामो समयदेखि बेलायतको म्यानचेस्टरमा बसोबास गर्दैआएका चन्द्रकुमार केसीले परिवारका साथमा दृष्टिविहिन विद्यार्थीहरुलाई यो चिसोमा न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका छन्। ललितपुरको लगनखेल स्थित नमूना मछिन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई केसीले न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका हुन । 

बेलायतको म्यानचेस्टरमा नमस्ते नेपाल नामक ख्यातिप्राप्त नेपाली रेष्टुरेन्ट संचालन गर्दैआएका केसीले महाभूकम्प पीडित देखि बाढीपहिरो पीडितसम्मलाई सहयोग वितरण गर्ने कार्यहरु यसअघि पनि गर्दैआएका केसीले यो बर्षको नेपाल बसाईमा २७ जना दृष्टिविहिन विद्यार्थीहरुका लागि न्याना स्वेटर उपलव्ध गराएर यो चिसोमा ठूलो गुण लगाएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बताएका छन्।




 वडा अध्यक्ष श्रेष्ठले केसीको यो कार्यले दृष्टिविहिन विद्यार्थीहरुले आँखाले नदेखेपनि मनको आँखाले हेरेर आदरणिय केसी परिवारलाई मुरीकामुरी धन्यवाद दिइरहेको आफूले आभांस गरेको जिकिर गरेका छन्।



कार्यक्रममा 
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी लगायत ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सदस्यहरु अशोक कुमार श्रेष्ठ, पूनम निरौला, मञ्जु रिजालको समेत उपस्थिति रहेको थियो।




प्रकाशन मिति–२०७८ साल माघ २ गते आइतवार ।

Saturday, January 15, 2022

माघीमा आमा र मायाको माया–



आँट, धैर्य र साहसको प्रतिकको रुपमा स्वतन्त्र महर्जनलाई मैले चिनेदेखि लिदैआएको छु । स्पाइनल कर्ड इन्जुरीका कारण केही शारीरिक अशक्तता भएतापनि हरपल नयाँ तथा उपलव्धीमूलक कार्य गर्दै सवैलाई  आँट, धैर्य र साहसको ऊर्जा दिदैआउनु भएका आदरणिय स्वतन्त्र महर्जन सर केही हप्ताअघि देखि विरामी भएर यतिखेर कीर्तिपुर अस्पतालवाट डिस्चार्ज भएर खोकना स्थित घरमा बेड रेष्टमा हुनुहुन्छ । 

आज माघीको दिन आमा र जीवन संगीनीको हातवाट टाउकोमा खोकनाको अर्गानिक तोरीको तेल लाउदै गरेको यो तस्बीर मलाई पठाउंदा अत्यन्त खुशी लागेको छ। आदरणिय स्वतन्त्र सरको पूर्ण स्वास्थ्य लाभको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । भगवान सधैं दाहिने रहुन। सदा खुशी बन्नुस् । 

तपाई सदा सवैको खुशीको विषय बनेर सवैको प्रेरणा बनिरहनुस् । यही भगवानसंग प्रार्थना । 

–श्याम स्मृत (समाचार सम्पादक–भिजन संसार डटकम) (सम्पादक–नामी साप्ताहिक)

प्रकाशन मिति–२०७८ साल माघ १ गते शनिवार (माघीको दिन ) ।



Tuesday, January 11, 2022

१ सय २ बर्षका शताव्दी पुरुषव्दारा मध्यपुर थिमिको अलौकिक शंखधर पार्क अवलोकन





मध्यपुर थिमि । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा निर्माण भएको मध्यपुर थिमिको अलौकिक शंखधर पार्कको शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अवलोकन भ्रमण गरेका छन्। 

मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको निम्तोमा १ सय २ बर्षका इतिहासविद शताव्दी पुरुष डा.जोशीले शंखधर पार्कको अवलोकन भ्रमण गरेका हुन ।

 १ सय २ बर्षको उमेरमा पनि मज्जाले ठमठमी हिडे्रै शताव्दी पुरुष डा.जोशीले शंखधर पार्क पुगेर राष्ट्रिय विभूति शंखधर सख्वाःप्रति मध्यपुर थिमि नगरपालिकाले दिएको सम्मान तथा अलौकिक उद्यानको निर्माण गरेर शहरी सुन्दरता अभिबृद्धि गर्न गरेको योगदानको दिल खोलेर प्रशंशा गर्ने कार्य मेयर मदनसुन्दर श्रेष्ठसंग कुराकानी गर्दै उकालो लाग्ने क्रममा गरेका थिए । 


शताव्दी पुरुष डा.जोशीले अलौकिक नगर मध्यपुर थिमिको कला तथा संस्कृतिको विकास तथा उत्थानका लागि गर्नुपर्ने आवश्यक कदमका वारेमा सल्लाह तथा सुझाव दिने कार्य पनि मेयर श्रेष्ठलाई दिए ।

 अवलोकन भ्रमणमा शताव्दी पुरुष डा.जोशीका भतिज ललितपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीका साथमा मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल पुस २७ गते मंगलवार ।

Monday, January 10, 2022

जापानी भाषाको गीत गायनमा नेपालीको आयाम





काठमाडौं। नेपाल र जापान वीचको दौत्य संवन्धलाई अझ मजबुत बनाउनका लागि नेपाली र जापानीको धेरै हात तथा साथ रहेको छ। जापानीहरु नेपाली भाषालाई अत्यन्त रुचाउने गर्दछन्। उनीहरु सकभर नेपालीमा नै बोल्न चाहन्छन्।

नेपालीहरु पनि जापानी भाषामा सक्दो कुरा गर्न चाहने अव परम्परा जस्तै बन्न थालेको छ। यसक्रममा नेपाली गायकले जापानी भाषामा गीत गाएर नयाँ आयाम कायम गर्ने कार्य गरेका छन्। नेपाली गायक बज्र गुरुङले गाएको जापानी भाषामा गाएको गीतको भिडियो नै सार्वजनिक भएको छ।


आताकु ना रो बोलको गीतको भिडियो नेपाली गीतका मेलोडी किङ शंभुजीत बास्कोटा र युगिन गायिका ज्ञानु राणाले एकसाथ सार्वजनिक गरेका छन्। नेपालको फाइभस्टार होटल र्याडिसनमा आयोजित सार्वजनिक कार्यक्रममा जापानी अतिथी योइची टाडा, मेग्व्मी, मिस्टर वङ लगायतकाको समेत विशेष आतिथ्यता रहेको थियो । गीतको भिडियोमा गायब बज्र गुरुङका साथमा मायाबी गायिका नम्रता सापकोटाको अभिनय रहेको छ।

गायक बज्र गुरुङको स्वरमा सजिएको गीतमा उनकै आफ्नै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन दिपेश सिंहले गरेका छन भने मिक्सिङ मास्टरिङ्ग सुरेन्द्र श्रेष्ठले गरेक हुन । गीतलाई सुर मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीत संगीत तथा कलाकै माध्यमबाटै नेपाल र जापानको दौत्य सम्बन्ध अझै प्रघाढ बनाउने उदेश्यले पनि उक्त जापानी गीत तयार पारेको गायक गुरुङले बताए । इतिहासमै कुनै नेपालीले जापानी भाषामा गीत रचना गरी संगीतबद्ध गरेर गाएको सम्भवत यो पहिलो पटक भएको कार्यक्रम संयोजक एवम् झमझम पानी पार्ने गायक रामकृष्ण श्रेष्ठको भनाई रहेको छ।
गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशान् तथा छंयाकन गरेका छन् । त्यस्तै सम्पादन माधव बेलबासेले गरेका हुन भने कोरियोग्राफी निसिला शाक्यले गरेकी हुन ।









प्रकाशन मिति–२०७८ साल पुस २६ गते सोमवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...