Saturday, September 12, 2020

सत्यघटनामा रेखा घिमिरेको स्वभाविक जिन्दगी

 

काठमाडौं। चन्दावती, विन्दास, व्याड ब्वाइ नामक नेपाली चलचित्र तथा केही भोजपुरी चलचित्रमा समेत स्वभाविक अभिनय गरेर ख्याति कमाएकी अभिनेत्री रेखा घिमिरे हाल चलचित्र तथा सौन्दर्य व्यवसायमा बिजी बनेकी छन्।

यो हप्ता रिलिज भएको मेरो जिन्दगी बोलको गीतको भिडियोमा रेखाले गरेको मामिक भिडियोवाट अझ उनी चर्चामा आएकी छन्। भर्खर जन्मेको छोराको लागि कलेजो दान दिने पिताको सत्यघटनामा आधारित उक्त गीतको भिडियोमा आमाको स्वभाविक अभिनयमा रेखाले बेजोड अभिनय गरेकी हुन।

अभिनयको अलावा आफ्नै होम प्रोडक्सन हाउस आई प्रोडक्सन मार्फत सिनेमाको उपकरण व्यवसायमा समेत रेखा व्यस्त वनेकी छन्। कोरोना कहरका कारण हाल यो व्यवसायलाई व्यापक असर परेको वताउने रेखा म्युजिक भिडियोको अभिनयमा नै व्यस्त बन्दैआएकी छन्। स्वभाविकता तथा यथार्थवादी अभिनय गर्न अत्यन्त रुचाउने रेखा आफूलाई यसैमा समाहित गर्न रुचाउंछिन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २७ गते शनिवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...