Tuesday, September 8, 2020

अविवाहिता गायिका लक्ष्मी आचार्यको विवाह गरेर जङ्ग बहादुर र पृथ्वीनारायण जन्माउने् आक्रोश

    काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९०_को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भैसकेको छ।

     नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट देश वनाउंछु भनेर कसम खाएर हिंडेका नेताहरुले केही राहत दिएन। उनीहरु केवल सत्ताको लुछाचुंडी गरेर सत्ताको नाटक देखाइरहेको छ।

     यो अवस्थामा नेपाली जनताले जे सोचेको थियो। त्यो नपाउंदा भोक पेटले विद्रोह जन्माउन थालिसकेको छ। त्यो विद्रोहको आवाज सामाजिक सञ्जालहरुमार्फत घन्किन थालिसकेको छ। यससंवन्धमा आक्रोशमा चर्चित अविवाहिता लोकदोहरी गायिका लक्ष्मी आचार्यले सरकारलाई तिखो व्यंग्य गरेर विद्रोह पोखेकी छन्।

एक हरफमा "देशको हालत देख्दा बिबाह गरेर दुईटा जङ्गबहादुर र यौटा पृथ्वीनारायण नजन्माइ भएन जस्तो लाग्न थाल्यो" भनेकी छन्।

       गायिका लक्ष्मी आचार्यको यो सटिक स्टाटस्मा धेरैले सकारात्मक          प्रतिक्रिया जनाएका छन्। गायिका आचार्यको यस प्रतिक्रियालाई          समर्थन गर्ने कतिपयले जंगवहादुर र पृथ्वीनारायण जन्माउन काजी        बालनरसिंह कुंवर र नरभूपाल शाह दुवैसंग विवाह गर्नुपर्ने जस्तो           ठट्यौली प्रतिक्रिया पनि दिएको पाइएको छ। 

       यथार्थमा देशको वर्तमान हालत देख्दा जंगवहादुर तथा      पृथ्वीनारायण जस्ता सपुत नै चाहिने हो कि भन्ने बहस हुन थालेको छ। 

       प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।

1 comment:

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...