Wednesday, September 2, 2020

ललितपुर महानगरमा अपाङ्गता मैत्री ट्याक्सी (क्याब) चल्ने

 



ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। 

क्याब ल्याउनका लागि ललितपुर महानगरपालिका, स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ। ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर क्याब  समन्वयमा गरेर ल्याउन लागेको हो।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपागंता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको हाललाई एउटा क्याब ल्याउन लागेको बताएका छन्। यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ। ह्वीलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ। ललितपुर महानगरपालिकाका अनुसार यसको संचालन लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्ने छ।

सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ। कहाँ र कसरी संचालन गर्ने कुराको निर्णय स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ। अपाङ्गता मैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्ने सम्झौता पत्रमा उल्लेख छ।

 सम्झौंता पत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नु पर्नेछ। सम्झौता पत्रमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वाबलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमको उपस्थिति थियो।

प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...