Tuesday, September 1, 2020

अनिता केसीको कालीगण्डकीमा गजबको अभिनय


काठमाडौं। लामो भागको टेलिचलचित्रको कालीगण्डकीको सेरोफेरो फेरि प्रसारण हुने भएको छ। नेपाल टेलिभिजनको एनटिभी प्लसवाट सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र नेपाल टेलिभिजनले फेरि प्रसारण हुने भएको हो।

 यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको चार दिन लगातार प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ। विसं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो । नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।

 विसं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दारीपूर्वक प्रयास गरेको छ। यस टेलिश्रृंखलामा अभिनेत्री अनिता केसीले प्रमुख भूमिकामा गजबको बुलन्द अभिनय गरेकी छन्। 

अभिनेत्री केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढ्ेको छ। जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ।

 हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले यस टेलिचलचित्रको निर्देशन गरेका हुन। काली गण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

No comments:

Post a Comment

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...