Monday, October 31, 2022

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद श्रेष्ठ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पनि हुन्। स्थानीय जनताको अटुट माया, साथ र भरोसाले विसं.२०५१ सालको आम निर्वाचनमा विजयी बनेपछि त्यस क्षेत्रमा विद्युत्, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नेता श्रेष्ठले धेरै काम गरेको स्थानीय वासिन्दाले विर्सेका छैनन्।

लामो समयदेखि काठमाडौं क्षेत्र नंबर ७ को विकास निर्माणका साथै देशमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि आवाज उठाउँदै आएका नेता श्रेष्ठले अन्याय, अत्याचार, असमानता, विभेद र उत्पीडनमा परेका नेपाली जनताहरूलाई सामाजिक–आर्थिक न्याय दिलाउन अग्रता दिइरहेका छन्।



विसं. २०५६ सालको आम निर्वाचन अघिसम्म भौतिक योजनामन्त्री पनि रहेका उनी आम जनता नै आफ्नो शक्ति भएको खुलासा गर्छन्। वडा नगर विभिन्न क्षेत्रबाट पनि काम गर्दै सांस्कृतिक क्षेत्रमा समेत सबल रुपमा कार्य गरेका उनी विसं। २०५१ सालदेखि निरन्तर काठमाडौं क्षेत्र नम्बर ७ मा नै सक्रिय छन्। निर्वाचन लडेर २०५१ मा जितेपछि २०५६ सम्म सांसदको रूपमा रहेको थिए।

त्यति बेला जनताको आकाङ्क्षाहरू धेरै थिएनन्। घरमा बिजुली, बाहिर निस्किँदा सडक होस्, खानेपानीको राम्रो सुविधा होस् भन्ने थियो। घरमा गएर स्विच थिच्ने बित्तिकै बत्ती बलोस् भन्ने थियो । कतिपय टोलहरूमा टुकी बाल्नुपर्ने अवस्था थियो। त्यहाँबाट निस्किँदा गाडी गुड्ने सडक होस्। घरमा पानीको व्यवस्था होस् भन्ने थियो। बाहिर खोल्साहरूमा गएर पानी लिनुपर्ने समस्या थियो। त्यो सवै विसं।२०५५ सालमा भौतिक योजना मन्त्री हुँदा पूरा गरेको नेता श्रेष्ठको जिकिर र दाबी रहेको छ। बौद्धिक तथा कवि मन भएका नेताका रुपमा नेता श्रेष्ठलाई चिनिन्छ।


ईच्छा,चाहना,संघर्ष अनि धैर्यता हुनुपर्छ, जिन्दगी जुनसुकै बेला पनि फुल्न सक्छ।।।। मायाको मायाले !!! यो भनाई जस्तै आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ७ वाट प्रतिनिधि सभाको प्रत्यक्षमा जसपावाट छाता चिन्ह लिएर आम जनसमक्ष आएका प्रभावशाली नेता  श्रेष्ठको एउटै बोली रहेको छ। 


त्यो हो–मायाको अनि दुःखेको घाउमा मायाको मल्हम । त्यो मायाको मल्हम लगाएर दुःखेको घाउलाई निको पार्ने योजनामा रहेका नेता श्रेष्ठको मूल प्रतिबद्धता  नै गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु रहेको छ। गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु र उनीहरुको लागि पूर्नरबास गर्ने र गराउने प्रतिबद्धता नेता श्रेष्ठले व्यक्त गरेका छन्। काठमाडौंको भाषिक आन्दोलनमा पनि सक्रियतापूर्वक लाग्दैआएका नेता श्रेष्ठ संसदमा काठमाडौंको मूलभूत समस्याहरुलाई आवाज बुलन्द गर्दैआएका नेताका रुपमा पनि चिनिन्छ।



४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...