Wednesday, September 2, 2020

ललितपुर महानगरमा अपाङ्गता मैत्री ट्याक्सी (क्याब) चल्ने

 



ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। 

क्याब ल्याउनका लागि ललितपुर महानगरपालिका, स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ। ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर क्याब  समन्वयमा गरेर ल्याउन लागेको हो।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपागंता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको हाललाई एउटा क्याब ल्याउन लागेको बताएका छन्। यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ। ह्वीलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ। ललितपुर महानगरपालिकाका अनुसार यसको संचालन लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्ने छ।

सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ। कहाँ र कसरी संचालन गर्ने कुराको निर्णय स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ। अपाङ्गता मैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्ने सम्झौता पत्रमा उल्लेख छ।

 सम्झौंता पत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नु पर्नेछ। सम्झौता पत्रमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वाबलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमको उपस्थिति थियो।

प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।

Tuesday, September 1, 2020

अनिता केसीको कालीगण्डकीमा गजबको अभिनय


काठमाडौं। लामो भागको टेलिचलचित्रको कालीगण्डकीको सेरोफेरो फेरि प्रसारण हुने भएको छ। नेपाल टेलिभिजनको एनटिभी प्लसवाट सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र नेपाल टेलिभिजनले फेरि प्रसारण हुने भएको हो।

 यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको चार दिन लगातार प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ। विसं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो । नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।

 विसं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दारीपूर्वक प्रयास गरेको छ। यस टेलिश्रृंखलामा अभिनेत्री अनिता केसीले प्रमुख भूमिकामा गजबको बुलन्द अभिनय गरेकी छन्। 

अभिनेत्री केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढ्ेको छ। जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ।

 हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले यस टेलिचलचित्रको निर्देशन गरेका हुन। काली गण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

प्रभावशाली नायिका शोभा महर्जनको ठहर-बदल्न सजिलो त तस्वीर रहेछ,तक्दिर बदल्न पो गाह्रो छ

 


बदल्न सजिलो त तस्वीर रहेछ,तक्दिर बदल्न पो गाह्रो छ । यो भनाई हो– नेपालभाषा चलचित्र क्षेत्रका प्रभावशाली नायिका शोभा महर्जनको हो। 

नायिका शोभा महर्जन चलचित्रको अभिनयको अलावा फेसन डिजाइनिङमा पनि नंबरी नायिका हुन। 

हिजोआज नायिका महर्जन हाइकु लगायतका लामा तथा छोटा कविता लेखनमा पनि त्यतिकै तल्लिन बनेकी छन्। शोभा महर्जनका कवितामा स्वभाविकता तथा यथार्थता पाइने गरेको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

बरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.भोला रिजाल दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं। वरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्नी सरला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। दुवै जनाले शनिबार परीक्षणका लागि स्वाब नमूना दिएका थिए ।

 स्वाब परीक्षणमा दुवै जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो । कोरोना पुष्टि भएपछि आइतबारबाट नै डाक्टर दम्पती ह्याम्स अस्पतालमा भर्ना भइ आइसोलेसनमा बसेका छन्। 

डा. रिजालले  स्वास्थ्य ठिकै भएको वताउंदै उमेरका कारणले पनि केही परिहाल्यो भने अप्ठेरो होला भनेर अस्पतालमै भर्ना भएको भनेका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

लमजुङको उत्तरीभेग खुदीबेनी स्थित जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण

 


लमजुङ । लमजुङको उत्तरीभेग खुदीबेनी स्थित मर्स्याङ्दीको जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण भएको छ मर्स्याङ्दी गाउंपालिकाको अनुदान सहयोग तथा स्थानीय जनश्रमदानव्दारा नयाँ पुलको निर्माण भएको हो।

लमजुङ बेसीशहरवाट मनाङ जोड्ने बेस क्याम्पको रुपमा रहेको खुदीबेनी स्थित यो पुल विसं.१९९६ सालमा नै निर्माण भएको हो। पछि विसं.२०३० सालतिर मर्स्याङ्दी नदीमा आएको बाढीले वगाएको यो पुल पछि पूर्नरनिर्माण भएपछि जिर्णेव्दार तथा नयाँ निर्माण भएको थिएन।

कोरोना कहर वीच निर्माण भएको यो खुदीको इतिहास वोकेको पुलमा पुरानो बजार हुंदै पैदल यात्रा गर्न सहज भएको छ। नयाँ बजारमा नयाँ पक्की पुल बन्नुअघि खुदीबेनीका स्थानीयहरुको आवत–जावत गर्ने प्रमुख माध्यमको रुपमा रहेको यो पुलले धेरैलाई तारिदिएको छ। धेरैको जिन्दगीलाई उच्च स्थानमा पुर्याइदिएको छ।



कीर्तिपुरमा ब्लोदान र श्रीसत्य साई सेवाको आयोजनामा आकस्मिक रक्तदान

कीर्तिपुर । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्रीसत्य साई सेवा संगठन नेपालको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

कीर्तिपुर नगरपालिका वडा नंवर १ कार्यालय प्राङ्गणमा आकस्मिक रक्तदान कार्यक्रम भएको हो। भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ५२ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको थिए।

हालको अवस्थामा सडक दुर्घट्ना तथा ठूला ठूला शल्यकृया नभएतापनि नियमित उपचारको लागि रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गर्न ब्लोदानले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै यसरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

कोरोना महामारीका कारण इतिहासमा नरोकिएको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकियो

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको कोरोनाभाइरस (कोभिड–१९) को महामारीपूर्ण संक्रमणको कारण यो बर्षको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकिन पुगेको छ। 

इन्द्रजात्राको इतिहासमा नै पहिलो पल्ट रोकिएको इन्द्रजात्रा रोकिएपनि क्षमापूजा भने हुने भएको छ। गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले इन्द्रजात्रा रोकिएको कारण इन्द्रजात्रासँग सम्बन्धित तलेजु, श्रीभैरव, श्रीगणेश, श्रीकुमारीलगायत मन्दिरमा क्षमा पूजा गरिन लागेको वताएका छन्। इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको जीवित श्रीकुमारी, श्रीभैरव र श्रीगणेशको रथारोहण गरिने परम्परा छ। तर, यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ। 

जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ। विगतका वर्षहरुमा जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्थ्यो भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो। इन्द्रजात्रामा इन्द्रको ऐरावत हात्तिको प्रतिक पुलुकिसी, लाखे नाच लगायत विविध आकर्षण रहेतापनि यो बर्ष सवै स्थगित भएको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।



४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...