Monday, October 31, 2022

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद श्रेष्ठ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पनि हुन्। स्थानीय जनताको अटुट माया, साथ र भरोसाले विसं.२०५१ सालको आम निर्वाचनमा विजयी बनेपछि त्यस क्षेत्रमा विद्युत्, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नेता श्रेष्ठले धेरै काम गरेको स्थानीय वासिन्दाले विर्सेका छैनन्।

लामो समयदेखि काठमाडौं क्षेत्र नंबर ७ को विकास निर्माणका साथै देशमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि आवाज उठाउँदै आएका नेता श्रेष्ठले अन्याय, अत्याचार, असमानता, विभेद र उत्पीडनमा परेका नेपाली जनताहरूलाई सामाजिक–आर्थिक न्याय दिलाउन अग्रता दिइरहेका छन्।



विसं. २०५६ सालको आम निर्वाचन अघिसम्म भौतिक योजनामन्त्री पनि रहेका उनी आम जनता नै आफ्नो शक्ति भएको खुलासा गर्छन्। वडा नगर विभिन्न क्षेत्रबाट पनि काम गर्दै सांस्कृतिक क्षेत्रमा समेत सबल रुपमा कार्य गरेका उनी विसं। २०५१ सालदेखि निरन्तर काठमाडौं क्षेत्र नम्बर ७ मा नै सक्रिय छन्। निर्वाचन लडेर २०५१ मा जितेपछि २०५६ सम्म सांसदको रूपमा रहेको थिए।

त्यति बेला जनताको आकाङ्क्षाहरू धेरै थिएनन्। घरमा बिजुली, बाहिर निस्किँदा सडक होस्, खानेपानीको राम्रो सुविधा होस् भन्ने थियो। घरमा गएर स्विच थिच्ने बित्तिकै बत्ती बलोस् भन्ने थियो । कतिपय टोलहरूमा टुकी बाल्नुपर्ने अवस्था थियो। त्यहाँबाट निस्किँदा गाडी गुड्ने सडक होस्। घरमा पानीको व्यवस्था होस् भन्ने थियो। बाहिर खोल्साहरूमा गएर पानी लिनुपर्ने समस्या थियो। त्यो सवै विसं।२०५५ सालमा भौतिक योजना मन्त्री हुँदा पूरा गरेको नेता श्रेष्ठको जिकिर र दाबी रहेको छ। बौद्धिक तथा कवि मन भएका नेताका रुपमा नेता श्रेष्ठलाई चिनिन्छ।


ईच्छा,चाहना,संघर्ष अनि धैर्यता हुनुपर्छ, जिन्दगी जुनसुकै बेला पनि फुल्न सक्छ।।।। मायाको मायाले !!! यो भनाई जस्तै आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ७ वाट प्रतिनिधि सभाको प्रत्यक्षमा जसपावाट छाता चिन्ह लिएर आम जनसमक्ष आएका प्रभावशाली नेता  श्रेष्ठको एउटै बोली रहेको छ। 


त्यो हो–मायाको अनि दुःखेको घाउमा मायाको मल्हम । त्यो मायाको मल्हम लगाएर दुःखेको घाउलाई निको पार्ने योजनामा रहेका नेता श्रेष्ठको मूल प्रतिबद्धता  नै गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु रहेको छ। गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु र उनीहरुको लागि पूर्नरबास गर्ने र गराउने प्रतिबद्धता नेता श्रेष्ठले व्यक्त गरेका छन्। काठमाडौंको भाषिक आन्दोलनमा पनि सक्रियतापूर्वक लाग्दैआएका नेता श्रेष्ठ संसदमा काठमाडौंको मूलभूत समस्याहरुलाई आवाज बुलन्द गर्दैआएका नेताका रुपमा पनि चिनिन्छ।



Friday, May 13, 2022

मातातिर्थको महिमा











–सुन कुमार अवाल

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइने गर्दछ। यसदिन आमा हुनेले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आमाको मुख हेरेर मनाइने प्रचनल रहेको छ। त्यस्तै आमा नहुनेहरुले काठमाडौं पश्चिम क्षेत्रमा रहेको पवित्र कुण्ड मातातिर्थमा गएर आमाको नाममा श्रद्धाभक्ति जनाएर पूजाआराधना गर्ने पौराणिक प्रचलन अद्यावधिक कायमै छ।


शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।


यसदिन, छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।


सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविदहरुको भनाई छ।


सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।


दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ।


यस दिन काठमाडौंको पश्चिम भेग चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।


मातातिर्थका बारेमा एउटा पौराणिक कथा यस्तो छ९ भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो।


युद्धले गर्दा दुवै पक्ष आकुल९व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो। ‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो।


त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई९बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो।





प्रकाशन मिति–२०७९ साल बैशाख ३० गते शुक्रवार ।

Thursday, May 5, 2022

तीन दलको गजबको मिलेको गठवन्धन

 




काठमाडौं। काठमाडौं महानगरपालिकाका वडाहरुमा सानो वडाको रुपमा मानिएको काठमाडौंको कोर एरियाको वडा नंबर १८ मा आसन्न स्थानीय निर्वाचनमा तीन दलको गजबको मिलेको गठवन्धन छ।

भिन्न तिन पार्टी भएतापनि एकै पार्टी अर्थात जनता समाजवादी पार्टी (जसपा)को छाता चुनाव चिन्हवाट चुनावी मैदानमा छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका चन्द्रकुमार महर्जनले वडा अध्यक्षमा तथा दुई खुल्ला वडा सदस्यमा नेकपा (माओवादी केन्द्रका नहकुल महर्जन र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका मनिष हमालले उम्मेदवारी दिएका छन्।

केन्द्रमा नेपाली कांग्रेससंग गठवन्धन भएतापनि वडामा भने, काँग्रेसकै स्थानीय नेताहरुका कारण गठवन्धन हुन नसकेको खुलासा वडा अध्यक्षका उम्मेदवार महर्जनले गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १८ मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको अनुपम वडा भएको कारण यस वडालाई पर्यटन हबको रुपमा विकास गरेर लैजाने आफूहरुको एक मात्र लक्ष्य तथा उदेश्य भएको महर्जनले वताएका छन्।

काठमाडौंको कोर एरियाको समस्या भनेकै अव्यवस्थित शहरीकरणको चर्को मार, यातायात तथा फोहर लगायतको अस्तव्यस्तता नै प्रमुख रहेको कारण त्यसको समाधान वोकेर आफूहरु चुनावी मैदानमा आएको महर्जनको भनाई छ। आफूहरुलाई सवैको सहयोग हुने विश्वास महर्जनले गरेका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख २२ गते विहीवार ।

वडा अध्यक्षका उम्मेदवार डार्बिन श्रेष्ठको चर्चामा अग्रता

 


काठमाडौं। आसन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा पनि अग्रतामा रहेको छ। त्यो पनि काठमाडौं महानगरपालिका वडा नंबर २५ मा आँखीझ्याल चिन्ह वोकेर जनतामाझ चुनावी मैदानमा देखिएका वडा अध्यक्षका उम्मेदवार डार्बिन श्रेष्ठको चर्चा अग्रतामा रहेको हो।

 आँखीझ्यालमा आँखा जानुको प्रमुख कारण नै डार्बिन श्रेष्ठले वितेको पाँच बर्षमा वडा सदस्य हुंदा वडावासीको हक, हित र अधिकारको कार्यमा उल्लेखनीय योगदान दिएकोले हो। जसको कारण सवै वडावासीले मुक्तकण्ठले प्रशंशा गरिरहेको पाइन्छ। वडामा कतै ढल निकासको समस्या भएमा या ज्येष्ठ नागरिकको बृद्धभत्ता वितरणमा समस्या आएमा तथा नागरिकता वनाउन समस्या आएको बेला जिल्ला प्रशासन कार्यालयसम्म गएर सहयोग गर्ने बानी अनि स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले खाइपाइ आएको भत्ता समेत बाँड्ने वडा सदस्यको छवि कायम गरेका जनसेवक डार्बिन श्रेष्ठलाई सूर्य ध्वजावाहक नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार वनाउने अन्तिम चरणमा घात–प्रतिघातको राजनीति भएको घामजस्तै छर्लङ भैसकेको छ। 


जसको कारण आफूलाई बाहिर पारेपछि जनमतको कदर गरेर आँखीझ्याल चिन्हवाट स्वतन्त्र वडा अध्यक्षको उम्मेदवारी दिएको डार्बिन श्रेष्ठले भिजन संसार डट्कमलाई जानकारी दिएका छन्।


  आँखीझ्याल चुनाव चिन्हवाट वडा अध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले आफूलाई असाध्यै माया गर्ने आम वडावासीलाई आँखीझ्याल चिन्हमा छाप लगाएर विजयी वनाउन विनम्र अनुरोध गरेका छन्।

     आफूलाई आँखीझ्याल चुनाव चिन्हमा बहुमतवाट वडाअध्यक्षमा विजयी बनाएमा विगत पाँचबर्षमा वडावासीलाई आफूले अहोरात्र सेवा गरेको सही मूल्यांकन हुने भनेर डार्बिन श्रेष्ठले वताएका छन्।  निर्वाचनमा जितेर अझ धेरै वडावासीको सेवामा आफू लाग्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७९ साल बैशाख २२ गते विहीवार ।


Tuesday, April 26, 2022

Things have changed, emotions have changed

 


Waiting for the flight to Lukla. Trekking to EBC after 9 years. Things have changed, emotions have changed and life has changed drastically! The love for my outdoors, adventures, nature and especially mountains has remained the same. I am not a huge fan of air travel, especially landing. Flying to one of the most breathtakingly beautiful yet riskiest airport in a bit! Thrills of life! This is what I live for. This is what keeps me going! #mountaingirl #everestbasecamp #everest #sagarmatha #mounteverest

This time I am traveling as a liaison officer and a representative of “anugaman samiti”! Proud, honored and excited! ❤️

-Nisha Adhikari
(Actress of Nepal)

Thursday, March 10, 2022

संसार सिर्जना गर्ने महान नारी

 सन्दर्भ ११२ औं अन्तरराष्ट्रिय नारी दिवस

कविता–



–सुनकुमार अवाल

नारी
आहा !
यो शव्द
सुन्दा नै श्रद्धाले निहुरिन्छ– मेरो शिर नतमस्तक !!
नारी जननी मात्र नभइकन
संसार सिर्जना गर्ने
महान हुन् !
घरको कामदेखि
अफिसको काम
सवैमा उत्तिकै सक्षम र सबल
पुरुषभन्दा कुनै हालतमा
कमजोर नभएका
नारी
हामी सवैको श्रद्धा हो
विश्वास हो अनि गौरब हो !
जहाँ नारीको पूजा हुन्छ,
त्यहाँ भगवान पनि खुशी हुन्छ ।
नारीको सम्मान गरौं
नारीलाई सदा पूजा गरौं ।
जय महान नारी !!!

(चाँगुनारायण नगरपालिका वडा नंबर १, दुवाकोट, सरस्वतीखेल, भक्तपुर)

Friday, January 28, 2022

निर्देशक निशान बुढाथोकीको अनुरोध मास्क लगाऔं–कोभिड भगाऔं




काठमाडौं। कोभिड–१९ को महामारीको कारण वितेको दुई बर्षदेखि विश्व आक्रान्त रहेको छ। यो महामारी निश्चित रुपमा अन्त्य हुनेछ । त्यसका लागि विश्वभर यसको विरुद्धको खोप लगाउने र लगाइदिने होडबाजी नै चलिरहेको छ। 

बर्षेनीको कोभिडको नयाँ नयाँ संस्करणको आक्रान्तले आजित भएका विश्वका सवै नागरिकले जहाँ गएपनि र जता गएपनि कोभिड–१९ को खतरावाट मुक्त हुनका लागि सवैभन्दा अति उत्तम उपाय भनेकै मास्कको प्रयोग अनि सोसियल डिस्टान्स मेन्टन गर्नु नै हो । त्यसको अलावा स्वास्थ्य मापदण्डलाई हामी सवैले पालना गर्नु नै हो भनेर नामी साप्ताहिकका निर्देशक तथा महिला शक्ति विकास केन्द्र नेपालका सञ्चार अधिकृत निशान बुढाथोकीको धारणा रहेको छ। 

यतिखेर काठमाडौं उपत्यकाको साँखु स्थित श्रीस्वस्थानीको पवित्रधाम सालीनदी मेला तथा पनौतिको मकर मेला लगायतका धार्मिक पर्यटनमा पुग्दा पनि अनिवार्य रुपमा मास्क लगाउन पनि सञ्चार अधिकृत तथा निर्देशक बुढाथोकीको अनुरोध रहेको छ।






प्रकाशन मिति–२०७८ साल माघ १४ गते शुक्रवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...