Monday, August 31, 2020

पूर्व राष्ट्रपति प्रणब मुखर्जीको दुःखद निधन

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार दुःखद निधन भएको छ। झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो। 

भारतीय समाचार माध्यमका अनुसार, मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए। मुखर्जीका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता प्रणव मुखर्जीको निधन भएको पुष्टि गरेका छन्। 

मुखर्जी भारतको १३ औँ राष्ट्रपति हुन। मुखर्जीको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो ।राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए। 

मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । मुखर्जीको श्रीमती सुभ्रा मुखर्जीको भने मुखर्जी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो । 













प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

काठमाडौं महानगरपालिकाका उच्च मनोबल भएका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि मेयर शाक्य दम्पत्तिले स्वाब दिएका थिए। मेयर शाक्यकी पत्नीलाई भने  कोरोना संक्रमण नदेखिएपनि मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ। कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिरहेका मेयर शाक्यलाई त्यही क्रममा  कोरोना संक्रमण भएको हो।

कोरोना संक्रमण भएपनि आफूमा उच्च मनोबल भएको कारण आफूमा कोरोनाको त्यस्तो लक्षण नदेखिएतापनि सुरक्षित रुपमा होम आइसोलसनमा बसिरहेको वताएका छन्। होम आइसोलेसनमा बसेर निरन्तर समन्वय गर्ने तथा भर्चुअल बैठकहरुवाट काठमाडौं महानगरपालिकाका अत्यावश्यक कार्य गर्ने मेयर शाक्यले भनेका छन्। कोरोना संक्रमित भनेर कसैलाई पनि दुर्व्यवहार नगरौं र कोरोना संक्रमण विरुद्ध आफै सचेत भएर लाग्न पनि अनुरोध तथा आग्रह मेयर शाक्यले गरेका छन्।



प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

निखिलेश्वर महादेवको मन्दिरमा आयुर्वेदिक महत्वको आँक रोपन

https://www.youtube.com/watch?v=36xEiXR71V8

ॐ निखिलेश्वर महादेव मन्दिर कोटेश्वर, भाटभटेनी पछाडि दीपनगरमा नामी साप्ताहिकका ललितपुर सम्पादक नारायण लिंखा देवानवाट आयुर्वेदिक महत्वको आँ रोपन कार्य भएको छ।

नामी साप्ताहिकका भक्तपुर सम्पादक सुनकुमार अवालको कार्यक्रम संयोजनमा निखिलेश्वर महादेव मन्दिरका पूजारी रामजी खतिवडावाट स्त्रोत सहित पूजाआजा गरेर आँ रोपन कार्य भएको हो।

किराँत कुलमा जन्मेतापनि भारतको मध्य प्रदेश स्थित झरझर्र स्थित गुरुकुलवाट गुरुकुलको दिक्षाप्राप्त धर्मात्मा नारायण लिंखा देवानले निखिलेश्वर मन्दिरमा आँको वोट अत्यन्त आवश्यक भएको महशुश गरेर पूर्वीनेपालवाट मगाएर आँको बोटको बृक्षारोपन गरेको वताएका छन्।

निखिलेश्वर महादेव मन्दिरका पूजारी रामजी खतिवडाले आयुर्वेदामा आँको महत्वको विषयमा विशेष उल्लेख रहेको उल्लेख गरेका छन्।

https://www.youtube.com/watch?v=36xEiXR71V8

प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...