Friday, September 4, 2020

लकडाउनको होम डेलिभरीमा फाइभ स्टारको स्वाद




काठमाडौं। काठमाडौं भ्यालीमा जारी लकडाउनमा तपाई घरैमा बसेर फाइभ स्टार होटलका स्वाद लिन सकिने भएको छ। काठमाडौंको गोगंबुचोक स्थित निकोलास हस्पिटालिटी म्यानेजमेन्टले एक कल गर्नासाथ काठमाडौं भ्यालीमा फाइभ स्टार होटलको स्वाद घर–घरमा डेलिभरी गर्न थालेको हो।

 विगत स्वदेश तथा विदेशमा होटल लाइनको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापित निकोलास हस्पिटालिटी सर्भिसले होटल, हाउस किपिङ, रेष्टुरेन्ट लगायतका तालिम प्रदान गर्दैआएको जानकारी उक्त हस्पिटालिटी सर्भिसका निर्देशक रमेश श्रेष्ठले वताएका छन्। पाँच बर्षअगाडि स्थापित निकोलास हस्पिटालिटी सर्भिसले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको र उनीहरु स्वदेश तथा विदेशका तारे होटलहरुमा कार्यरत रहेको निर्देशक श्रेष्ठले भनेका छन्। 




यमवहादुर बुढाथोकी अध्यक्ष तथा बलभद्र ढकाल कार्यकारी निर्देशक रहेको निकोलास हस्पिटालिटी सर्भिसले सहज र सरल ढंगवाट जारी लकडाउनमा फाइभ स्टारको स्वाद घर–घरमा पुर्याउन होम डेलिभरी शुरु गरिएको निर्देशक श्रेष्ठले बताए। काठमाडौं भ्यालीभित्र होम डेलिभरी–फ्रि गरिएको र एक कल गर्नासाथ सक्दो चाँडो होम डेलिभरी गर्ने आफूहरुको पूर्ण व्यवस्था रहेको पनि निर्देशक श्रेष्ठले भनेका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र १९ गते शुक्रवार ।

Thursday, September 3, 2020

मञ्जु पौडेलको सन्देश–आँखाले नदेख्ने कोरोनाभाइरस भाइरल–सचेत वनौं


 काठमाडौं। लोकदोहरी गायिका मञ्जु पौडेल हार्न जानेकी गायिका होइन । जित्न जानेकी र त्यो पनि नभएमा सिक्न जानेकी गायिका हुन। 

गीत गाउनुको अलावा टेलिभिजन तथा स्टेज कार्यक्रम प्रस्तोताको रुपमा पहिचान राख्न सफल गायिका पौडेल कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनलाई व्यंग्य गर्दै सुनसान वाटोमा उभिएर " म यस्तो भीडभाडमा छु–जहाँ म एक्लै छु "भनेर भन्न चुक्दैनन। यो गायिका पौडेल भित्रको खुवीलिटी हो।

 अर्कोतर्फ कोरोना कहरप्रति सचेत बन्दै "कति जताततै कोरोना कोरोना भनेर चाहिने भन्दा बढी हल्ला गर्दै छौ हामी ! समाजमा यो त्रासले मानिसको मानसिकतामा कस्तो असर पर्दैछ,त्यो पनि सोच्ने हो कि ? हो,यो हाम्रो आँखाले नदेख्ने भाइरस भाइरल बनेको छ ! आफैमा सचेत बनौ, खानपिनमा ध्यान दिऔं, तिललाई पहाड नबनाऔ,असल नागरिकको परिचय दिने कार्य गरौं "भनेर सन्देश दिने कार्य पनि गरेकी छन्। 🙏🙏💕

प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।

अभिनेत्री स्वेता खड्का चलचित्रमा अव आमा बन्ने

काठमाडौं। नेपाली कथानक चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा डेव्यु गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन्।  हाल चलचित्रमा भन्दा बढी समाज–सेवा र आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी अभिनेत्री खड्का यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । हालसम्म नाम चयन नगरिएको थापाको चलचित्रमा अभिनेत्री खड्का आमाको भूमिकामा देखिने भएकी छन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।

 कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने जनाइएको छ। अमर नायक श्रीकृष्ण श्रेष्ठकी जीवन संगीनी अभिनेत्री स्वेता खड्का गंभीर तथा स्वभाविक अभिनयकी माहिर अभिनेत्री हुन्। चलचित्र कहाँ भेटिएलावाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी अभिनेत्री खड्काले त्यसपछि श्रीमान–श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी थिइन्। 

प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।

Wednesday, September 2, 2020

डा.अजयक्रान्तिको राय काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक

 


काठमाडौँ। कोरोना संक्रमणको हटस्पट बन्दैगएको काठमाडौं उपत्यकाको वर्तमान स्थितिलाई मध्यनजर राखेर काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक भएको बागमती प्रदेशका प्रभावशाली लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले वर्तमान अवस्थालाई हेरेर संक्रमण फैलिएको स्थान र क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त भएको राय प्रकट गरेका छन्।

यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यकता भएको भन्दै दुई हप्ता देखि तीनहप्तासम्ममको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिने वताएका छन्। सांसद डा.शाक्यले संकटकाल घोषणा गर्नु दुई– तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै दुई हप्ता बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउने जरुरी रहेको पनि भनेका छन्।

संकटकालको समयमा अहिलेको लकडाउन जस्तो खुकुलो गर्न नहुने र अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्ने धारणा सांसद डा.शाक्यको रहेको छ। यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्ने पनि सल्लाह पनि सांसद डा.शाक्यको छ।

त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका विपन्न तथा मध्यम वर्गलाई दुईहप्ता घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले दुईहप्ताका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनु पर्ने माग पनि डा.शाक्यको रहेको छ। दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ। यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाइरस न्यून हुनजान्छ। जसवाट समुदायमा संक्रमण फैलिन नपाउने निश्कर्ष पनि सांसद डा.शाक्यको रहेको छ।

डा.शाक्यले भने–“जुन ठाउँमा स्वास्थ्य संकटकालको घोषण भएको छ । ती–ती स्थानमा संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने र नेपाल सरकार र विश्व स्वास्थ्य संगठनलेबनाएको आइसोलेसनको मापदण्ड बमोजिम संक्रमित व्यक्तिलाई उपचार गर्नुपर्छ । लक्षण देखापर्न बाँकी रहेका, सामान्य लक्षण देखा परेका विरामीलाई आइसोलेसन वा होम आईसोलेसनमा राख्नुपर्छ । निकै संक्रमित भएकालाई भने अस्पताल नै लगि डाक्टरको सल्लाह बमोजिम उपचार गरिहाल्नु पर्दछ । त्यति मात्रै होइन, पछि संक्रमण बढेमा स्थीति भयावह हुने कुरालाई ध्यान दिएर अहिले नै अस्पतालहरुमा चाहिने पर्याप्त मात्रामा आईसियूको व्यवस्थापन, भेन्टिलेटर र औषधिको व्यवस्थापन गर्नुपर्छ ।”

सांसद डा.शाक्यले कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्नेलगायतका पनि सुझाव दिएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।

ललितपुर महानगरमा अपाङ्गता मैत्री ट्याक्सी (क्याब) चल्ने

 



ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। 

क्याब ल्याउनका लागि ललितपुर महानगरपालिका, स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ। ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर क्याब  समन्वयमा गरेर ल्याउन लागेको हो।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपागंता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको हाललाई एउटा क्याब ल्याउन लागेको बताएका छन्। यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ। ह्वीलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ। ललितपुर महानगरपालिकाका अनुसार यसको संचालन लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्ने छ।

सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ। कहाँ र कसरी संचालन गर्ने कुराको निर्णय स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ। अपाङ्गता मैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्ने सम्झौता पत्रमा उल्लेख छ।

 सम्झौंता पत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नु पर्नेछ। सम्झौता पत्रमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वाबलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमको उपस्थिति थियो।

प्रकाशन मिति–२०७७ साल भाद्र १७ गते बुधवार ।

Tuesday, September 1, 2020

अनिता केसीको कालीगण्डकीमा गजबको अभिनय


काठमाडौं। लामो भागको टेलिचलचित्रको कालीगण्डकीको सेरोफेरो फेरि प्रसारण हुने भएको छ। नेपाल टेलिभिजनको एनटिभी प्लसवाट सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र नेपाल टेलिभिजनले फेरि प्रसारण हुने भएको हो।

 यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको चार दिन लगातार प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ। विसं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो । नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।

 विसं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दारीपूर्वक प्रयास गरेको छ। यस टेलिश्रृंखलामा अभिनेत्री अनिता केसीले प्रमुख भूमिकामा गजबको बुलन्द अभिनय गरेकी छन्। 

अभिनेत्री केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढ्ेको छ। जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ।

 हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले यस टेलिचलचित्रको निर्देशन गरेका हुन। काली गण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

प्रभावशाली नायिका शोभा महर्जनको ठहर-बदल्न सजिलो त तस्वीर रहेछ,तक्दिर बदल्न पो गाह्रो छ

 


बदल्न सजिलो त तस्वीर रहेछ,तक्दिर बदल्न पो गाह्रो छ । यो भनाई हो– नेपालभाषा चलचित्र क्षेत्रका प्रभावशाली नायिका शोभा महर्जनको हो। 

नायिका शोभा महर्जन चलचित्रको अभिनयको अलावा फेसन डिजाइनिङमा पनि नंबरी नायिका हुन। 

हिजोआज नायिका महर्जन हाइकु लगायतका लामा तथा छोटा कविता लेखनमा पनि त्यतिकै तल्लिन बनेकी छन्। शोभा महर्जनका कवितामा स्वभाविकता तथा यथार्थता पाइने गरेको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...