Sunday, September 20, 2020

Shweta Khadka, one of the famous actresses of Nepal

 


Shweta Khadka, one of the famous actresses of Nepal. She is a movie producer, social activist, and businesswoman. Gorgeous lady is a managing director of MRS & Engineering P. Ltd., and owner of Himalayan Java (a popular coffee shop) in Rising Mall, Kathmandu.

after the success of ‘Kaha Bhetiyela’, she played in other movies as well, like, ‘Hasi Deu Ek Fera’ (released on 2010), ‘Shreeman Shreemati (released on 2011), Kohinoor (released on 2014), Kanchi (released on 2018).

‘Kanchhi’ which was released in cinemas in 2018, is produced by Shweta. ‘Kohinoor’ was the last movie of Shree Krishna Shrestha but this movie received huge success in the box office.

Besides business and movie, Shweta is the founder of ‘Shweta Shree Foundation’ which is non-profit, charity oriented towards social service. This Foundation focused on providing help to underprivileged and poor and needy people so they can help themselves to face their economic and social hardships and eventually become independent. The Foundation was established in the fond memory of Late Shree Krishna Shrestha.

Recently, Shweta Khadka joined to build cancer Hospital in memory of late Shree Krishna Shrestha, National Hospital and Cancer Research Center to be constructed in Godavari, Lalitpur. And Shweta also became a brand ambassador of ‘Machhapuchchhre Bank Limited’.


Shilashma Hamal Malla (Mrs. Tourism Ambassador Universe 2020)

 

The winner Beautician Nepal 2018, Shilashma Hamal Malla is competing at Mrs. Tourism Ambassador Universe 2020 being held in Malaysia.


By Profession Shilashma is a beautician. Her Participation at Mrs. Tourism Ambassador Universe 2020 is managed and coordinated by Batika Entertainment Pvt. Ltd. owned by Goma Adhikari Dhital, the national director for the event in Nepal.


Mrs. Universe 2020 is being held in Malaysia from 1st January to 4th January 2020. The finale is scheduled at KK Plaza, Kota Kinabalu, Sabah, Malaysia.



Thursday, September 17, 2020

तीनजना साहसी लेडीहरुको आँधी तुफान २


 काठमाडौं। तीनजना साहसी लेडीहरुको कथामा एक दशक अगाडि निर्माण भएको चलचित्र आँधी तुफानको अर्को सिक्वेल चलचित्रका रुपमा आँधी तुफान २ निर्माण हुने भएको छ।

 युगान्तकारी चलचित्र लेखक मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बन्न लागेको लेडी एक्सन प्रधान चलचित्र आँधी तुफान २ को निर्देशन अग्रज चलचित्र निर्देशक मदन घिमिरले गर्ने भएको छ।

 यस संवन्धमा असोज १ गते विहीवार विश्वकर्मा पूजाको पावन अवसर पारेर निर्माता तथा लेखक श्रेष्ठ र निर्देशक घिमिरे वीच एग्रिमेन्ट भएको छ। संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता तथा लेखक श्रेष्ठले बताएका छन्। 

सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र आँधी तुफान २ को कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर हाल चलचित्रको प्रि प्रोडक्सन काम भइरहेको छ। 

केही दिनमै चलचित्रका कलाकारहरु पनि सार्वजनिक गरिने भएको निर्माता श्रेष्ठले भनेका छन्। युवा लेडीहरुको चाहना र सोच अनुरुपको गजबको चलचित्र वन्ने दावी निर्माता तथा लेखक श्रेष्ठको रहेको छ। 

             प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।

Laxmi Acharya's World Cup Hot Snape




 

Saturday, September 12, 2020

सत्यघटनामा रेखा घिमिरेको स्वभाविक जिन्दगी

 

काठमाडौं। चन्दावती, विन्दास, व्याड ब्वाइ नामक नेपाली चलचित्र तथा केही भोजपुरी चलचित्रमा समेत स्वभाविक अभिनय गरेर ख्याति कमाएकी अभिनेत्री रेखा घिमिरे हाल चलचित्र तथा सौन्दर्य व्यवसायमा बिजी बनेकी छन्।

यो हप्ता रिलिज भएको मेरो जिन्दगी बोलको गीतको भिडियोमा रेखाले गरेको मामिक भिडियोवाट अझ उनी चर्चामा आएकी छन्। भर्खर जन्मेको छोराको लागि कलेजो दान दिने पिताको सत्यघटनामा आधारित उक्त गीतको भिडियोमा आमाको स्वभाविक अभिनयमा रेखाले बेजोड अभिनय गरेकी हुन।

अभिनयको अलावा आफ्नै होम प्रोडक्सन हाउस आई प्रोडक्सन मार्फत सिनेमाको उपकरण व्यवसायमा समेत रेखा व्यस्त वनेकी छन्। कोरोना कहरका कारण हाल यो व्यवसायलाई व्यापक असर परेको वताउने रेखा म्युजिक भिडियोको अभिनयमा नै व्यस्त बन्दैआएकी छन्। स्वभाविकता तथा यथार्थवादी अभिनय गर्न अत्यन्त रुचाउने रेखा आफूलाई यसैमा समाहित गर्न रुचाउंछिन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २७ गते शनिवार ।

Tuesday, September 8, 2020

अविवाहिता गायिका लक्ष्मी आचार्यको विवाह गरेर जङ्ग बहादुर र पृथ्वीनारायण जन्माउने् आक्रोश

    काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९०_को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भैसकेको छ।

     नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट देश वनाउंछु भनेर कसम खाएर हिंडेका नेताहरुले केही राहत दिएन। उनीहरु केवल सत्ताको लुछाचुंडी गरेर सत्ताको नाटक देखाइरहेको छ।

     यो अवस्थामा नेपाली जनताले जे सोचेको थियो। त्यो नपाउंदा भोक पेटले विद्रोह जन्माउन थालिसकेको छ। त्यो विद्रोहको आवाज सामाजिक सञ्जालहरुमार्फत घन्किन थालिसकेको छ। यससंवन्धमा आक्रोशमा चर्चित अविवाहिता लोकदोहरी गायिका लक्ष्मी आचार्यले सरकारलाई तिखो व्यंग्य गरेर विद्रोह पोखेकी छन्।

एक हरफमा "देशको हालत देख्दा बिबाह गरेर दुईटा जङ्गबहादुर र यौटा पृथ्वीनारायण नजन्माइ भएन जस्तो लाग्न थाल्यो" भनेकी छन्।

       गायिका लक्ष्मी आचार्यको यो सटिक स्टाटस्मा धेरैले सकारात्मक          प्रतिक्रिया जनाएका छन्। गायिका आचार्यको यस प्रतिक्रियालाई          समर्थन गर्ने कतिपयले जंगवहादुर र पृथ्वीनारायण जन्माउन काजी        बालनरसिंह कुंवर र नरभूपाल शाह दुवैसंग विवाह गर्नुपर्ने जस्तो           ठट्यौली प्रतिक्रिया पनि दिएको पाइएको छ। 

       यथार्थमा देशको वर्तमान हालत देख्दा जंगवहादुर तथा      पृथ्वीनारायण जस्ता सपुत नै चाहिने हो कि भन्ने बहस हुन थालेको छ। 

       प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।

Monday, September 7, 2020

सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा अतुलनिय सामाजिक सेवा

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण जारी लकडाउनले भोकभोकै पर्न थालेका विपन्न वर्गका नेपाली जनतालाई सरकारले केही राहत उपलव्ध नगराएको अवस्थामा नेपाली जनताहरु नै जागरुक वन्न थालेका छन्। 

यसक्रममा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा भोकभोकै परेका विपन्न वर्गका नेपाली जनतालाई राहत वितरण कार्य भएको हो। काठमाडौंको पशुपतिनाथ परिसरमा कुसुम लामा, रोमन पटेल, विना मगर, डोर्जे शेर्पा, सोनाम छिरिङ, अमन शाहको नेतृत्वमा निःशुल्क भोजन कार्यक्रम भैरहेकोमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले साथ दिएर राहत वितरण गरेका हुन्।

 सोमवार आयोजित कार्यक्रममा २ सय ३३ जनालाई निःशुल्क भोजन गराउने कार्य भएको जानकारी स्वास्थ्यसेवी लामाले भिजन संसार डटकमलाई दिएका छन्। स्वास्थ्यसेवी लामाले हन्ड्रेट ग्रुपको आयोजनामा टुंडिखेलको खुल्ला मञ्चमा आयोजना भैरहेको निःशुल्क भोजन कार्यक्रममा पनि पर्सि बुधवार सहयोग गर्ने भएका छन्। 

यसअघि यो लकडाउन अवधिमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले नमोःबुद्ध नगरपालिकाका ११ वटै वडाका विपन्न वर्गका २ सय ४० परिवारलाई राहत वितरण, सिन्धुपाल्चोकको पहिरो पीडितहरुलाई पनि राहत वितरण गरिसकेका छन्। त्यसैगरेर, स्वयम्भु, बौद्ध र नमोःबुद्ध स्तुपा क्षेत्रमा स्यानिटाइजेरेसन गर्नुको अलावा विभिन्न गुम्बा र स्कुलहरुमा पनि स्यानिटाइजेरेसन गरिएको जानकारी पनि लामाले दिएका छन् । 

नमोःबुद्ध नगरपालिकामा पीपीसेट २० थान, मास्क १ हजार पिस, स्यानिटाइजर ८ लिटर सहयोग वितरण गरेको तथा विभिन्न गुम्बामा रहेका आनी र लामाहरुलाई मास्क वितरण गर्ने कार्य पनि गरेका छन्। समाजसेवी लामालाई यस सामाजिक कार्यमा एलिभेट नेपाल, होप अलाइन्स, होपमेन फेमिली लगायतका संस्थाको सहयोग र साथ रहेको पनि लामाले वताएका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २२ गते सोमवार ।


४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...